स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो विजयी यात्रा जारी राखेको छ।
रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं. १ मा पनि विजय हाशिल गर्दै माओवादीले अहिलेसम्म २ नम्बर प्रदेशका ३ वटा वडामा जीत हात पारेको छ।
रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं.१का उम्मेदवार संजय साहले विजयी भएका छन्।
यसअघि माओवादी धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा विजयी भएको थियो।
त्यस्तै माओवादीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका थिए।