जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु

फाइल तस्बिर।


जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा अहिले केही बेर अघि  मतगणना सुरु भएको हो।

निर्वाचन कार्यालयका अधिकृत भिमप्रसाद भुर्तेलका अनुसार वडा नम्बर १ बाट मतगणना सुरू भएको हो।

सोमबार राति बसेको सर्वदलीय बैठकले बदर सदर भोटबारे सहमति जनाएपछि आज बिहानबाट मतगणना सुरु भएको हो।

यसअघि जितपुरस्थित उपमहानगरपालिकाको कार्यालयमा मतगणना हुने भनेपनि त्यहाँको ठाउँ साँघुरो हुने र सम्भावित घटनाको मध्यनजर गर्दै सिमरामा सारिएको बताइएको हो। २४ वडा रहेको उपमहानगरमा मतगणनाका क्रममा हुनसक्ने असवधानीका लागि प्रहरी परिचालन गर्नुका साथै मतगणना स्थानमा तारजालीको प्रयो गरिएको छ। मतगणनास्थलमा सीसी क्यामेराको प्रयोगसमेत गरिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.