सिराहाको मिर्चैयामा माओवादीको अग्रता


सिराहाको मिर्चैया नगरपालिकामा माओवादीले सुरूवाती अग्रता लिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार माओवादीका श्रवणकुमार यादवले १९३मत पाएका छन् भने उनलदाई नेकपा एमालेका प्रदीप महासेठ ८३ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै उपमेयरमा पनि माओवादीकै अग्रता छ। जीवछी देवीले १९१ मत ल्याएर अगाडि बढेकी छन् भने उनलाई एमालेकी शोभादेवी साहले ८४ मत ल्याएर पछ्याइरहेकी छन्।

यस्तै तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेद्ववार सीताराम यादवले ४८ मत ल्याएका छन् यस्तै उपमेयरमा निर्जलाकुमारी सिंहले ५८ मत ल्याएकी छन्।

यहाँ संघीय समाजवादी फोरमका जमुना यादवले मेयरमा ८ मत ल्याएकी छन् भने उपमेयर सुनिता महतोले समान ८ मत ल्याएकी छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.