बाराका १६ स्थानीय तह मध्ये तीन तहमा मतगणना सुरु भएको छ ।
जितपुर सिमरा उपमहानगर, सिम्रौनगढ नगरपालिका,फेटा गाउँपालिका सुरु भएको छ।
कूल ३३४७४६ मतदाता रहेकोमा बारामा ७५ प्रतिशत मत खसेको छ ।
दुई उपमहानगर, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको बाराको तीन तहको मंगलबार बिहान साढे पाँच बजेबाट मतगणना सुरु भएको हो।
राति अबेरसम्म मतपेटिका संकलन गर्ने कार्य सकिएपनि सर्वदलीय बैठक भएका कारण बस्न ढिलाइ भएका कारण बिहानबाट मात्रै मतगणना सुरु भएको हो, जितपुर सिमरामा रातभरी बैठक बसेर ५ बजे मात्रै सहमति भई साढे पाँच बजेदेखि मतगणना सुरु गरिएको वाराका प्रजिअ विजय नारायण मानन्धर बताए ।
अन्य स्थानको पनि सर्वदलीय बैठक बसी मतगणना सुरु गर्ने तयारी भइरहेको प्रजिअ मानन्धरले जानकारी दिए।