रौतहटमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताबीच झडप


रौतहटको मौलापुर नगरपालिका ३ प्रावि गम्हरिया पतौरा मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ।

सोमबार विहान माओवादीले रुकुमका पवनकुमार बोहरालाई मतदान केन्द्रमा प्रवेश गराएको भन्दै संघीय समाजवादी फोरमका कार्यकर्ताले विरोध जनाएपछि झडप भएको हो।

माओवादी केन्द्रले स्वयंसेवकको रुपमा मतदाता नामावलीमा नाम नभएको व्यक्तिलाई मतदान स्थलमा लगेको भन्दै संघीय समाजवादी फोरमले विरोध गरेपछि झडप भएको हो।

झडपका क्रममा दुवै तर्फका कार्यकर्ता  घाइते भएका छन्।

झडपपछि आधा घण्टा स्थगित भएको मतदान सुरू भइसकेको निर्वाचन अधिकृत रवीन्द्रप्रताप शाहले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.