नियोकद्वारा पर्यवेक्षण कल सेण्टर स्थापना


राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले पर्यवेक्षण कल सेण्टर स्थापना गरेको छ।

मतदानका दिन मतदान स्थलमा खटिएका सम्पूर्ण पर्यवेक्षकहरूसँग प्रश्नावलीका साथ नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र सम्प्रेषणको कार्यलाई प्रभावकारी बनाउन पर्यवेक्षण कल सेण्टर स्थापना गरिएको नियोग बताएको हो।

कल सेण्टर संचालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना संकलक सहित ३५ जनाको सहभागिता रहने बताइएको छ।  मतदानको दिन मतदान स्थलहरूमा कुनै अप्रिय घटनाहरू घटे सो को कल सेण्टरमा  राखिएका दुई वटा हटलाइनमा सोझै सम्पर्क गरी अभिलेख गराउन सकिने छ।

नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्पेक्सको चौथो तलाको सभाहलमा संचालन गरिने उक्त कल सेण्टरमा सञ्चारकर्मीहरूका लागि एक मिडिया सेण्टर स्थापना गरी बिहान १०ः०० बजे, अपरान्ह २ः३० बजे र साँझ ७ः३० बजे पर्यवेक्षण विफ्रिङ गरिने बताइएको  छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.