रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष अपहरित


रोल्पा थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरमा रहेका उनलाई बिहीबार राति अज्ञात समूहले अपहरण गरेको  जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बिहिबार राति करिब २ बजेतिर उनको अपहरण भएको रोल्पाका डिएसपी वीरेन्द्र थापाले बताए।

माओवादी केन्द्रका स्थानीय नेतासमेत रहेका वियोग उपनामले चिनिने घर्तीको खोजी भइरहेको उनले बताएक छन्।

यसैबीच शनिबार थवाङमा आयोजना गरिने गाउँसभा उदघाटनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण गरेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.