तत्काल मधेशको चासो सम्बोधन नभए मुलुक अस्थिरतामा फस्ने-अध्यक्ष राणा


राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले तत्काल मधेशको चासो सम्बोधन नभए मुलुक अस्थिरतामा फस्ने चेतावनी दिएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पार्टीका अध्यक्ष राणाले मधेशको चासो सम्बोधन नभई मुलुकलाई स्थिर बनाउन नसकिने तर्क गरे ।  साक्षात्कार कार्यक्रममा बोल्दै उनले मधेशको चासो सम्बोधन गर्न पहल नगरेकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भई नयाँ पार्टी गठन गर्नु परेको उल्लेख गरे ।

अध्यक्ष राणाले आसन्न सबै तहको निर्वाचनमा बृहत प्रजातान्त्रिक शक्तिहरूबीच गठबन्धन गरेर जाने प्रस्ताव पनि अघि सारे । उनले प्रजातान्त्रिक शक्तिहरूबीचको एकता नभए मुलुकमा स्थायित्व कायम नहुने धारणा  राखे ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.