एकैपटक एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा(सूचीसहित)


न्यायपरिषद्को बैठकले मुलुकभरका एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

यसका साथै, सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । सर्वोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो।

त्यसैगरी, बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.