परिवर्तनकारी शक्तिलाई एकताबद्ध बनाउन जस्तोसुकै त्याग गर्न तयार छु- अध्यक्ष दाहाल

फाइल फोटो


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि  आफ्नो पार्टी देशको सबैभन्दा ठूलो शक्ति बन्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्रगामी संघीय मोर्चाका नेता, कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै उनले सो कुराको दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणको  प्रक्रियाले डेढ वर्ष भित्रै आफ्नो पार्टीलाई मुलुकको शक्तिशाली तागतको रुपमा स्थापित गराउने विश्वास  व्यक्त गरे । उनले परिवर्तनकारी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजान आफू जस्तोसुकै त्याग गर्न पछि नपर्ने उल्लेख गरे ।

अध्यक्ष दाहालले मधेशमा पार्टीको पक्षमा जनलहरनै सृजना भएको दाबी  गरे । उनले मधेशका बुद्धिजीविलाई समेत माओवादी कमजोर भए मधेशले हार्ने कुरा महसुस गराउन सकेकोमा आफूलाई गर्वानुभूति भएको पनि बताए ।

अध्यक्ष दाहालले राष्ट्रलाई एकताबद्ध बनाउन, पहिचान र अधिकारको लडाईलाई तार्किक निष्कर्षमा पुर्‍याउन माओवादी केन्द्रको विकल्प नभएको पनि दोहोर्‍याए ।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन आफू लागि पर्ने प्रतिबद्धता  व्यक्त गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.