सप्तरी– पर्सा हुलाकी राजमार्गको काम चाँडै सुरू हुने


नेपाली काँग्रेस प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले हुलाकी राजमार्गको दोस्रो चरणको ठेक्का भइसकेको र सप्तरीदेखि पर्सासम्मको राजमार्ग बनाउने काम पनि चाँडै सुरू हुने बताएका छन् ।

मिडिया सेण्टर  सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले बाढीबाट क्षतिग्रस्त विभिन्न ठाउँका बाटोघाटोसमेत बनाउने कार्यमा काँग्रेस लागिपरेको बताए ।

नेता लेखकले तराई– मधेश, पहाड तथा हिमालमा बसोबास गर्ने जनताको अधिकार दिलाउने दायित्व काँग्रेसकै काँधमा आएको स्पष्ट पारे । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.