आयोगकै परामर्शमा मन्त्रिपरिषद विस्तार – प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगकै परामर्शमा आफूले मन्त्रिपरिषद विस्तार गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री देउवाले सरकारको काम कारबाहीमा अप्ठयारो परेपछि मन्त्रिपरिषद विस्तार गर्नु परेको स्पष्टीकरण  दिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुने गरी मन्त्रिपरिषद विस्तार गरेको भन्दै आपत्ति जनाउँदै आएको छ । तर प्रधानमन्त्री देउवाले भने आयोगकै परामर्शमा मन्त्रिपरिषद विस्तार गरिएको दाबी गरे ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले मन्त्रिपरिषद विस्तार पुरानै कुराको निरन्तरता भएकाले यसबाट निर्वाचन आचारसंहिता उल्लंघन नहुने तर्क गरे ।

प्रधानमन्त्री देउवाले सरकारले निर्वाचन आचारसंहिता पनि उल्लंघन नगरेको र निर्वाचन आयोगलाई अप्ठयारोमा पार्न पनि नखोजेको स्पष्ट पारे ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.