नेपाल जनता पार्टी र बहुल राष्ट्रिय समाजवादी पार्टीबीच एकीकरण


अनिल शर्मा नेतृत्वको नेपाल जनता पार्टी र किशोरकुमार विश्वास नेतृत्वको बहुल राष्ट्रिय समाजवादी पार्टीबीच एकीकरण भएको छ ।

एकीकृत पार्टीको नाम नेपाल जनता पार्टी नै कायम भएको छ र अध्यक्षमा शर्मा र वरिष्ठ नेतामा विश्वास चयन भएका  छन् । सो पार्टीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा एकतापछिको पहिलो राष्ट्रिय कार्यकारिणी समितिको बैठकले निर्वाचनमा सत्ताको दुरूपयोग नगर्न, प्रदेश र संघको निर्वाचनमा मतसीमा नराख्न र मुलुकका सुशासन कायम गर्न माग गरेको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.