विराटनगर पुगे प्रधानमन्त्री देउवा

विराटनगर पुगे प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेर बहादुर देउवा असोज २ गते प्रदेश न‌ं २ का  ८ जिल्लामा हुने  तेस्रो चरणको  स्थानीय तह निर्वाचनलई लक्षित गर्दै आज बिहान विराटनगर पुगेका छन् ।

मङ्गलबार उनले ट्वीट गर्दै अन्तिम चरणको स्थानीय चुनावलाई सफल बनाउन अाफू त्यहाँ पुगेका जनाएका हुन् । उनले अाफू केही दिन प्रदेश नं २ मै रहने पनि जनाएका छन् ।

निर्वाचन सम्पन्न भएलगत्तै  आगामी असोज ३ मा प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागी हुन न्यूयोर्क जाँदैछन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.