राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेता दीपक बोहरा छानिए

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेता दीपक बोहरा छानिए


राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को संसदीय दलको नेतामा दीपक बोहरा छानिएका छन्।

अाइतबार पार्टी कार्यालय चाबहिलमा बसेको संसदीय दलको बैठकले बोहरालालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

निर्वाचित भएपछि नेता बोहराले अब पार्टीको संसद भित्रको उपस्थितिलाई प्रभावकारी रुपमा अघि बढाउने बताएका  छन्  ।

राप्रपा (प्रजातान्त्रिक)को संसदीय दलले उपनेतामा भने विक्रम पाण्डे चयन भएका छन्।

राप्रपा (प्रजातान्त्रिक)  राप्रपाबाट विभाजित भएर बनेको नयाँ दल हो ।

संसदमा राप्रपा (प्रजातान्त्रिक)सँग १८ सिट छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.