कूटनीतिक अज्ञानताका कारण निधिले उत्तर कोरिया भ्रमणको विरोध गरेको नेपालको दाबी


नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारसँग अनुमति लिएरै आफू उत्तर कोरिया भ्रमणमा गएको स्पष्ट पारेका छन् ।

नेता नेपालले कूटनीतिक अज्ञानताका कारण काँग्रेस नेता विमलेन्द्र निधिले आफ्नो उत्तर कोरिया भ्रमणको विरोध गरेको दाबी गरेका छन् । उनले उत्तर कोरिया नेपालको कुटनीतिक सम्बन्ध स्थापना भइसकेको मुलुक भएकाले पनि त्यसको भ्रमणमा जान नपाउने कुनै कारण नरहेको तर्क पनि गरे।

बिहिबार काठमाडौंमा आयोजित  एक कार्यक्रममा बोल्दै नेता नेपालले मन्त्री भइसकेका निधिले उत्तर कोरिया भ्रमणमा आफू गएको विषयमा आपत्ति जनाएकोमा आश्चर्य पनि प्रकट गरे ।

नेता नेपालले नेपालको परराष्ट्र नीतिलाई सामयिक बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालको परराष्ट्र नीति कमजोर भएको स्वीकार गरिन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेकी उनले सरकार बदलिरहेका कारण हाम्रा परराष्ट्र नीति पनि कमजोर बन्न गएको पनि स्मरण गराए ।

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले परराष्ट्र नीतिलाई साझा नीतिको रुपमा स्थापित गराउनुपर्ने चुनौती रहेको स्पष्ट पारे । उनी असमान सन्धि सम्झौतालाई सुधार गर्दै लैजान पनि परराष्ट्र नीतिले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए  ।

नेता बस्नेतले विगतमा भएका असमान सन्धि सम्झौताका कारण नेपालले अन्य राष्ट्रसँग झुक्नुपर्ने अवस्था रहिरहेको पनि उल्लेख गरे ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.