राजपा महामन्त्री राय एमाले प्रवेश गर्दै


राष्ट्रिय जनता पार्टीका महामन्त्री जंगीलाल रायले पार्टीबाट राजिनामा दिएका छन्। उनी एमाले प्रवेश गर्ने तयारीमा छन्।

एमाले प्रवेश गर्ने विषयमा छलफल भइरहेको र एक-दुई दिन भित्रै टुंगो लाग्ने एमाले नेता नागेन्द्र चौधरीले बताए। ‘उहाँ एक-दुई दिन भित्रै एमाले प्रवेश गर्नुहुन्छ,’ नेता चौधरीले भने।

उनी २०७० सालको सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन्। यसअघि उनी तराई-मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री थिए।

स्थानीय तह निर्वाचनमा आफूले भनेका मान्छेलाई राजपाले उम्मेदवार नबनाएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.