काठमाडौं महानगरका जनप्रतिनिधिले कार्यभार सम्हालेको १ सय दिनमा गरेका कामको विवरण बिहिबार सार्वजनिक गर्ने भएका छन्।
चुनाव हुनुअघि महानगरका मेयर विद्यासुन्दर शाक्यले आफूले १ सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने घोषणा गरेका थिए। तर मेयर शाक्यले आफूले भनेका बाचा पूरा गर्न नसकेको भनेर आलोचना भइरहेका बेला महानगरले सय दिनका उपलब्धि सार्वजनिक गर्न लागेको हो।
बिहिबार दिउँसो तीन बजे राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी कार्यप्रगति सार्वजनिक गरिने महानगरले जनाएको छ।