तस्करी र भ्रष्टाचारलाई सरकारको प्रोत्साहन : नेता पाण्डे


नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपालमा तस्करी र भ्रष्टाचारलाई सरकारले नै प्रोत्साहित गरिरहेको बताएका छन् ।

भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पाण्डेले सरकारले तत्काल भ्रष्टाचार र तस्करी गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

सरकारले अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायलाई सहयोग नगरेको कारण नेपालमा तस्करी र भ्रष्टाचार मौलाउँदै गएको उनले बताए ।

उनले  नेकपा एमालेले भ्रष्टाचारलाई प्रश्रय नदिने र भ्रष्टाचार गरेकोलाई नछोड्ने बताउँदै इतिहासमा एमालेका नेतामाथि भ्रष्टाचारको दाग नलागेको दाबी गरे ।

नेकपा एमालेका बाहेकका अरु राजनीतिक दलहरू नेपालको समृद्धि र विकासमा उदासिन रहेको बताउँदै उनले  नेपालको समृद्धिका लागि नेकपा एमाले नै पहिलो शक्ति बन्ने दाबी गरे ।

उनले नेपालको विकासमा काँग्रेस नै बाधक रहेको बताएका छन् । वैदेशिक चलखेलकै कारण नेपालमा तत्कालीन सरकारले ल्याएका विकासका कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकि थन्किरहेको बताए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.