मेयरको टिकट नपाएपछि राजपाका जिल्ला अध्यक्ष यादव माअोवादीमा प्रवेश


आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गरेका छन्।

राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेस सद्भावना पार्टी (महेन्द्र राय) तर्फबाट जिल्ला अध्यक्षका रूपमा रहेका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि उनले  सो पार्टी परित्याग गरेका हुन् ।

उनले  पार्टी परित्याग गरेलगत्तै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका  छन् भने गएराति माओवादी केन्द्रका नेता रामबहादुर थापा महोत्तरीको औरही नगरपालिकामा पुगेर उनलाई पार्टी प्रवेश गराएका छन् ।

साथै, गएराति नै औरहीमा एक सभाको आयोजना गर्दै  नेता बादलले उनलाई औरही नगरपालिकाको उम्मेदवार बनाउँदै पार्टीका तर्फबाट प्रमुख पदका लागि टिकटसमेत दिएका थिए ।  रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.