परराष्ट्रमन्त्री महरा अाज चीन जाँदै


परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार(अाज) चीन जाँदैछन्। चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा महरा ६ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जान लागेका हुन् । चीनमा रहँदा महराले उच्च राजनीतिक भेटघाट गर्नेछन्।

महराले चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेतासँग पनि भेट गर्नेछन्। महरा चीनमा उच्च राजनीतिक सम्बन्ध भएका थोरै नेता मध्येमा पर्छन्।

बेइजिङमा यसपाली कुनै सम्झौता वा समझदारीमा भने हस्ताक्षर हुनेछैन। यो भ्रमणमा छलफलका लागि खासै द्विपक्षीय एजेण्डा पनि तय भएका छैनन्।

बेइजिङ पछि महरा चीनको ब्यापारिक शहर ग्वाङजाओ जादैछन्, जहाँ उनले नेपालको भर्खरै स्थापना भएको महाबाणिज्यदूतावास कार्यालयको उ्दघाटन गर्नेछन्।

प्रधानमन्त्री शेर बहादुर देउवाको भदौ ७ देखि ११ गतेसम्म भएको भारत भ्रमण लगत्तै महरा चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्रमन्त्रीका रूपमा महरा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा सहभागि थिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.