स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणको चुनाव हुने प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा आज दलहरुले उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
सरकारले आगामी असोज २ गते यहाँ निर्वाचन गर्दैछ। बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म छुट्टाइएको समयमा प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका सबै १३६ वटै स्थानीय तहमा मनोनयन दर्ता हुनेछ।
अघिल्ला चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत निर्वाचनमा सहभागिता जनाएकाले चुनाव शान्तिपूर्ण हुनेमा सरकार र निर्वाचन आयोग विश्वस्त छन्।
एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तहबाट ६६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। प्रदेश नम्बर २ मा २६ लाख ६४ हजार ९ सय ५० कुल मतदाता रहेका छन्।
यहाँ निर्वाचन आयोगले २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र तोकेको छ ।