महासचिव पोखरेलको अारोप: सत्तारुढ दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि अायोग मौन


नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकार र सत्तारुढ काँग्रेस/माओवादी केन्द्रले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मौन बसेको आरोप लगाएका छन् ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलन बोल्दै महासचिव पोखरेलले सो अारोप लगाएका हुन् ।

उनले प्रहरी प्रशासनको सरुवा, बढुवा, जनतालाई प्रलोभन दिने खालका निर्वाचन आचारसंहिता विपरितका गतिविधि सत्तारुढ दलका शीर्ष नेतृत्वबाट भइरहँदा पनि उनीहरूमाथि कारबाही  नगरेकोमा निर्वाचन आयोगप्रति असन्तुष्टि  व्यक्त गरेका छन् ।

कार्यक्रममा एमालेले वीरगंज महानगरपालिकासहित प्रदेश नम्बर २ अन्तरगतका मुख्य -मुख्य स्थानमा उम्मेदवार घोषणा गरेको छ । बाँकी केही स्थानमा बुधबार बिहानसम्म उम्मेदवार तय भइसक्ने  महासचिव पोखरेलले जानकारी दिए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.