प्रदेश नं २ मा राजपाले ९० सिट जित्ने महासचिव झाको दाबी


राजपा नेपालका महासचिव केशव झाले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरेका छन् । मङ्गलबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

कार्क्रममा बोल्दै  उनले भने,‘हाम्रो प्रारम्भिक तयारी र आँकलन भनेको नै ९० सिट जित्ने हो, त्यही अनुसार व्यापक तयारी भैरहेको छ।’
नेता झाले चुनावको लागि पार्टीले करीब–करीब सबै स्थानमा उम्मेदवारहरूको नाम टुंगो लगाएको समेत जानकारी दिए ।

उनले चुनावमा कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग ४/५ ठाउँमा तालमेल हुने समेत स्पष्ट पारे । उनले भने,‘केही ठाउँमा माओवादी केन्द्रसँग पनि तालमेल हुन्छ, संभावना बढ्दै गएको छ।’

त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल हुनै नसक्ने भन्ने नभएको बताए । उनले थपे,‘एमालेसँग वर्जित छैन, अहिलेसम्मको संकेत हेर्ने हो भने तालमेलको संकेत भने देखिएको छैन, तर अनुकुलता हेरेर जोसँग पनि हुन सक्छ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.