उम्मेदवार चयन गर्न राजपाको बैठक बस्दै


असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार तय गर्न राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बसिरहेको छ।

पार्टी कार्यालय बबरमहलमा बसिरहेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाउने राजपाका महासचिव केशव  झाले बताए । निर्वाचनका लागि भदौ २१ गते उम्मेदवारी दर्ता गर्नुपर्छ । आकांक्षीहरू धेरै भएकोले राजपालाई उम्मेदवार चयन गर्ने हम्मे हम्मे परेको छ ।

उम्मेदवारको चयनका लागि राजपाले केन्द्रीय स्तरबाट तराई मधेसका आठ जिल्लामा नेताहरू पठाएको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.