सरकारले विपद् व्यवस्थापन न्यूनिकरण विधेयक तत्काल संसदमा पेश गर्ने भएको छ ।
सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले विपद् व्यवस्थापन न्यूनिकरण विधेयक सोझै संसदमा पेश गर्ने निर्णय गरेको हो । विपद व्यवस्थापन न्यूनिकरण सम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका हुन् ।
सरकारले १० जना सहसचिवहरूलाई निजामती कर्मचारी सेवा पुरस्कार दिने निर्णय पनि गरेको छ ।
सहसचिवहरू दिपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनराज सेडाईँ, जगन्नाथ बराल, लक्ष्मीदत्त कलैनी, प्रल्हादकुमार योगी र अनिल खनाललाई निजामती कर्मचारी सेवा पुरस्कार दिने निर्णय गरेको हो ।
सरकारले निजामती सेवा पुरस्कार छनौट गर्न मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वमा समितिनै गठन गरेको थियो ।
समितिले सहसचिव बाहेक अन्य तहका ३० जनालाई पनि निजामती सेवा पुरस्कार प्रदान गर्न गरेको सिफारिसलाई पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री बस्नेतले जानकारी दिए ।
https://www.youtube.com/watch?v=Ro6FHERpCEs&feature=youtu.be