राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले मुलुकमा चलायमान लुटतन्त्र मौलाएको बताएका छन्।
अाइतबार नयाँ शक्ति पार्टी नेपालले राजधानीमा आयोजित गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
राजनीतिक अस्थिरताका कारण यस्तो लुटतन्त्र मौलाएको बताउँदै उनले समाधनका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली अवलम्बन गर्नुपर्ने सुझाए।
साथै, समानुपातिक निर्वाचन प्रणाली खारेज गरी राजसंस्था स्थापना गर्नुपर्नेमा जोड दिए। । ‘लथालिङ्ग देशको भताभुङ्गे चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला भनेजस्तो भएको छ’ उनले भने।