असोज २ गते प्रदेश नं २ को ८ जिल्लामा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ।
निर्वाचन कार्यतालिका अनुसार भदौ २१ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। तेस्रो चरणको निर्वाचनमा एउटा महानगरपालिका र ३ वटा उपमहानगरपालिकामा निर्वाचन हुँदैछ।
पर्साको वीरगञ्ज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका र बाराको कलैया उपमहागरपालिका र बाराकै अर्को जीतपुर सिमरा उपमहानगरपालिकामा यसपटकको निर्वाचनको केन्द्रमा छन्।
तेस्रो चरणमा ५९ गाउँपालिका र ७३ नगरपालिकामा निर्वाचन हुँदैछ। जिल्ला : ८, स्थानीय तह संख्या : १३६ (१ महानगर, ३ उपमहानगर, ७३ नगर, ५९ गाउँपालिका) वडा संख्या : १ हजार २ सय ७१, मतदाता संख्या : २६ लाख ६४ हजार ९ सय ५०, मतदान स्थल : २ हजार १ सय ६६, मतदान केन्द्र : ३ हजार ५ सय ७८ रहेका छन् ।