प्रधानमन्त्रीले नैतिकता भए राजीनामा दिनुपर्छः ओली


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाएका छन्।

प्रेस चौतारी चितवन शाखाले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले राज्यशक्तिको दुरूपयोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भैरहेको बताए। भ्रष्टचारको  विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाउँदै आएको भन्दै ओलीले एमाले एक्लैको प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव नरहेको बताए।

‘भ्रष्टाचार रोक्ने राज्यले हो, नागरिकले होइन, एमाले सबै ठाउँमा लडेकाले एकै ठाँउमा केन्द्रीत नभएजस्तो देखिएको हो,’ ओलीले भने।

ओलीले प्रदेश नम्बर २ को निर्वाचनमा  पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे। यसअघिका निर्वाचनले एमाले पहिलो पार्टी बन्छ, भन्नेकुरा भनिरहनु नपर्ने ओलीको भनाई छ ।

संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर सांसदको निर्णय फेरि सच्याउछु भन्नु हाँस्यास्पद भएको ओलीले टिप्पणी गरे। संसदको दुई दिन अघिको निर्णयलाई विदेशमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुने ओलीले बताए।

सरकालाई अरूको झुम्का जोडेर बनाएको पुतलीले  संज्ञा दिँदै ओलीले धेरै फूर्ति नगर्न आग्रह गरे। उनले २ महिनापछि एमाले सरकारमा जाने दाबी गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.