राजपा अध्यक्ष मण्डलमा हृदयेश त्रिपाठी चयन भएका छन्।
राजपा अध्यक्ष मण्डलकाे बैठकले त्रिपाठीलाई स्थायी अामन्त्रित सदस्य चयन गरेकाे हाे ।
त्रिपाठी थपिएपछि राजपाकाे अध्यक्ष मण्डल सात सदस्यीय भएको छ। वैशाख सात गते ६ पार्टीको एकतापछि राजपा गठन भएको थियोे ।
पार्टी गठनसँगै सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलमा रहेका छन्।
अाफूभन्दा कनिष्ठलाई अध्यक्षमण्डलमा राखिएको भन्दै त्रिपाठी असन्तुष्ट बन्दै अाएका थिए।
राजपाकाे बैठकले २७ सदस्यीय राजनीतिक समिति पनि गठन गरेकाे छ। ७७ जनाकाे केन्द्रीय सचिवालय गठन भएको राजपाका महासचिव एवम् प्रवक्ता केशव झाले सेताेपाटीलाई बताए ।