प्रदेश र प्रतिनिधि सभाको चुनाव सफल बनाउन सबैको सहयोग अावश्यक-मन्त्री बस्नेत

प्रदेश र प्रतिनिधि सभाको चुनाव सफल बनाउन सबैको सहयोग अावश्यक-मन्त्री बस्नेत


सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षको सहयोगको आवश्यकतामा जोड दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेदिक चिकित्सक संघको ९ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।

मन्त्री बस्नेतले आसन्न स्थानीय तह तेस्रो चरणको निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई एकजुट हुन पनि आह्वान गरे ।

उनले सबै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। मन्त्री बस्नेतले मुलुकमा रहेको स्रोत र साधनलाई परिचालन गरेर आर्थिक समृद्धि हासिल गर्ने चुनौतीलाई सामना गर्न सकिने  स्पष्ट पारे ।

मन्त्री बस्नेतले आयूर्वेद विश्वविद्यालय स्थापना गर्न आफूले पहल गर्ने आश्वासन पनि दिए । उनले आयूर्वेद चिकित्सा पद्धति भरपर्दो उपचार पद्धति भएको उल्लेख गर्दै त्यसको विकासमा सरकार लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.