अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब मुलुक छिट्टै सम्वृद्धितर्फ लाग्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाजको १८ औं वार्षिक साधारण सभालाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।
उनले मुलुकलाई सम्वृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको र अर्थतन्त्रको दायरासमेत फराकिलो हुँदै गएकाले थप लगानी गर्नु सहज हुनेमा जोड दिएका छन् ।
अर्थमन्त्री कार्कीले अपार सम्भावना बोकेको जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकास गरी मुलुकलाई सम्वृद्ध बनाउने योजना अघि सारेको बताए।
उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि मुलुक राजनीतिक स्थिरतामा अग्रसर हुने विश्वास पनि व्यक्त गरे । उनले मुलुकको सम्वृद्धिको अभियानमा संचारकर्मीहरूले महत्वपूर्ण योगदान दिन सक्ने धारणा राखे ।
अर्थमन्त्री कार्कीले अर्थतन्त्रलाई सबल बनाउन लगानी विस्तार गरी मुलुकको विकास गर्ने काममा सरकार अहोरात्र खटिरहेको उल्लेख गरे ।