निष्ठाका साथ काम गर्ने वातावरण न्यायालयमा छैन- पूर्व प्रधानन्यायाधीश कार्की


पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले न्याय सम्पादनमा इमान्दारिता देखाएकै कारण आफूमाथि महाअभियोग लगाइएको दाबी गरेकी छन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले सत्ता नजिक रहेकाहरूले इमान्दार न्यायाधीशहरूलाई सेवाबाटै बञ्चित गराउने गरेको अनुभूति पनि सुनाईन् ।

पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तकको मंगलबार काठमाडौंमा विमोचन गर्दै उनले महाअभियोगको सामना गर्नु परेपनि आफूलाई दुःख भने नलागेको पनि स्पष्ट पारिन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले न्याय क्षेत्रमा घुस खान्न भन्नेहरूलाई पाखा लगाउने कोसिस पटक–पटक हुने गरेको पनि उल्लेख गरिन् ।

उनले निष्ठाका साथ काम गर्ने वातावरण न्यायालयमा नरहेको पनि स्मरण गराईन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.