प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसद्वारा आयोगमा दल दर्ता


नेपाली कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

पार्टीका कार्यबाहक सभापति विमलेन्द्र निधि नेतृत्वको टोलीले आइतबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । कानूनी व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गरिएको कार्यबाहक  सभापति निधिले जानकारी दिए ।

संविधानले व्यवस्था गरेको मिश्रित निर्वाचन प्रणालीको व्यवस्थालाई विभिन्न बाधा अड्चनको बाबजुद कार्यान्वयनमा लगिने पनि उनले बताए ।  उनले तेस्रो चरणको निर्वाचन हुन लागेको प्रदेश नम्बर २ तथा प्रदेश सभा र प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो पार्टीको रूपमा  विजयी हुने दाबी समेत गरे ।

संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूले आयोगमा दल दर्ता गराउनुपर्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन आइतबार साझ ५ बजेसम्मको समय दिएको छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.