नेपाल र भारतबीच आठ वटा विषयमा सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहिबार हैदारावाद हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनमा समझदारी पत्र आदान प्रदान भएको हो ।
यसअघि देउवा र मोदीबीच झण्डै ३० मिनेट वान टु वान वार्ता भएको थियो।
पुनर्निर्माणसम्बन्धी ४ वटामा विषयमा समझदारी भएको छ। भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ अर्बको प्रयोगबारे र अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी विषयमा सम्झौता भएको छ।
नेपाल र भारतबीच मेची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी अरू चार विषयमा पनि सम्झौता भएको छ।