नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी /पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहालले ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँ हस्तान्तरण गरेका नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिईन् ।
दलका तर्फबाट मन्त्रिमण्डलमा सहभागी उपप्रधानमन्त्री तथा मन्त्रीहरुको पनि मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने उनले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा सो दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक शर्मा, सचेतक सीता नेपाली तथा नेताहरु हरिवोल गजुरेल, अग्नी सापकोटा र शक्तिबहादुर बस्नेतको उपस्थिति रहेको थियो । रासस