संविधान संशोधन विधेयक अस्वीकृत भएपछि राजपाको प्रतिक्रिया


राजपाका सह-अध्यक्ष  लक्ष्मणलाल कर्णले संविधान संशोधन विधेयक अस्वीकृत हुनु स्वभाविक रहेको प्रतिक्रिया दिएका छन् । संविधान संशोधन विधेयक असफल भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कर्णले संविधान संशोधन विधेयकको परिणामबारे आफूहरू जानकार रहेको बताए।

एमाले संविधान संशोधनको बिपक्षमा रहेकोले यो पारित हुन नसकेको उनले बताए।

मंगलबार बस्ने पदाधिकारीको बैठकले यस बारेमा निर्णय गर्ने उनले जानकारी दिए।

राजपा महासचिव केशब झाले संविधान संशोधन विधेयक पेश भएकोले अब निर्वाचनको वातावरण बनाएको उनले बताए ।

‘हाम्रो मुद्दा गणितीय रूपमा फेल भएको छ,’ उनले भने, ‘तर हामीले राजनीतिक रुपमा जितेका छौ। हामी यसलाई लिएर अब जनतामा जान्छौ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.