व्यवस्थापिका–संसद्मा बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथिको दफावार छलफल सकिएर मत विभाजनको प्रकृया सकिएको छ।
यसअघि उक्त विधेयकको दफावार छलफलमा ५३ सांसदले भाग लिएका थिए । उक्त प्रस्ताव साउन ३२ गते सदनमा पेश गरिएको थियो । विधेयकमाथि परेको ५० संशोधन बहुमतले अस्वीकृत गरिएपछि मत विभाजनको प्रकृयामा गएको हो ।
यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उक्त प्रस्तावमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै राष्ट्रवादका र राष्ट्रघातका विषयमा हलुका ढंगबाट टीकटिप्पणी नगर्न सुझाव दिएका थिए।
हेर्नुहोस् LIVE भिडियोमा