राष्ट्रपति विद्यादेवी भण्डारीले एक महिनाको तलब बराबरको रकम बाढी पहिरो पीडितका लागि उपलब्ध गराउने भएकी छन् ।
१० दिनअघि तराई तथा पहाडी भेगमा आएको बाढीपहिरो र डुबानका कारणले ठूलो जनधनको क्षति भएकोले ती क्षेत्रहरुमा राहत, उद्धार र पुनःस्थापनाका लागि राष्ट्रपतिको एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
त्यस्तै, राष्ट्रपतिका विज्ञहरुको सात दिन बराबरको तलब, स्वकीय सचिवसमेत सचिवहरुको पाँच दिनको, सहसचिवको ३ दिन, उपसचिव र शाखा अधिकृतको २ दिन तथा सहायक स्तरका सबै कर्मचारीको एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री कोषमा जम्मा गरिएको बताइएको छ ।