संविधानको दोस्रो संशोधन विधेयकमाथि संसदमा आज दफाबार छलफल हुने भएको छ। यसअघि दलहरुले आजै निर्णयार्थ पेश गर्ने तयारी गरेको भए पनि संशोधन माथिको छलफल लामो चल्ने भएकाले भोलि मात्र निर्णयार्थ पेश गर्ने तयारी सभामुखले गरेकी हुन्।
संविधानको संशोधन विधेयक माथि ५० वटा संशोधन दर्ता भएका छन्।
संविधान संशोधन पारितका लागि कूल सांसद संख्या ५९२ को दुई तिहाई अर्थात् ३९५ सांसद आवश्यक हुन्छ। तर, सत्तारुढ दलहरुसँग आवश्यक दुई तिहाई अझै पुगेको छैन। दुई तिहाईका लागि महत्वपूर्ण मानिएको राप्रपाले कता मतदान गर्छ भन्ने टुङ्गो लागेको छैन।
साउन ३२ गते संसदमा संशोधन विधेयक दफाबार छलफलका लागि पेश भएको थियो। २०७३ साल चैतको २९ गते सरकारले संशोधन विधेयक संसदमा दर्ता गराएको थियो। त्यसको चार महिनापछि संसदको पूर्ण बैठकबाट विधेयक अगाडि बढेको हो।