जिसस दाङमा एमाले –माओवादी गठबन्धन विजयी


जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेकपा एमालेका जितेन्द्रमान नेपाली निर्विरोध निर्बाचित भएका छन् ।

यहाँ एमाले र माओवादी केन्द्र बीचको तालमेल भएको थियो । त्यस्तै नेपाली कांग्रेसले प्रमुख पदमा उम्मेदवारी नै दिएको थिएन । त्यसैले नेपाली निर्विरोध निर्वाचित भएका हुन्।

समितिको उपप्रमुखमा नेकपा माओबादी केन्द्रका श्रीधर शर्मा पौडेल १२ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्धन्दी कांग्रेसका नित्यानन्द शर्माले ८ मत मात्रै पाएका थिए ।

त्यस्तै समितिको सदस्यहरुमा एमालेका ४, माओबादी केन्द्रका २ र नेपाली कांग्रेसका १ जना निवार्चित भएका छन् । एमालेबाट सदस्यमा तिलाकुमारी बुढाले , सावित्री रिजालले,देविराम थारु कुमालले र जक्तबहादुर बस्नेतले समान १९/१९ मत पाएर निर्वाचित भएका छन् ।

त्यसैगरी माओबादी केन्द्रबाट शुभद्रा भण्डारीले र खिमबहादुर घर्तीले समान १२ मत पाएर निर्वाचित भएका छन् । समितिमा नेपाली कांग्रेसका लोकीकुमारी बिश्वकर्माले २० मत पाएर सदस्यमा निर्वाचित भएकी हुन । विश्वकर्माले सबैभन्दा वढी मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.