तीन दिन थपियो मतदातामा नाम दर्ता गर्ने समय

फाइल तस्बिर।


निर्वाचन आयोगले प्रदेश र केन्द्रीय निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न तीन दिन समय थप गरेको छ।

भोलि बुधबारसम्म नामावली दर्ता हुने भनिए पनि भदौ ३ गतेसम्मका लागि म्याद थप गरिएको आयोगले जनाएको छ।

अहिले क्षेत्रीय निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा भइरहेको नाम दर्ताका लागि समय थप गरिएको हो।

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या कतिपय जिल्लाहरुमा अझैपनि धेरै बाँकी रहेको विभिन्न स्थानबाट जानकारी प्राप्त भएको र नाम दर्ता गराउने मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकोले समय थप गरिएको आयोगले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.