नेपाली कांग्रेस सुनसरीले अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागका पीडितहरुलाई तत्काल उद्दार र राहत पुर्याउनका लागि विपद व्यवस्थापन समिति गठन गरेको छ ।
जिल्ला सभापति राजिव कोइरालाको संयोजकत्वमा पार्टीका जिल्ला कार्यसमिति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर तथा गाउँ सभापति, निर्वाचित एवम् प्रत्थासी मेयर, उपमेयर, भातृ संस्थाका जिल्ला सभापतिहरु रहने गरी समिति बनाइएको जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए ।
समितिले बाढी पीडितहरुलाई उद्दार, राहत, स्वास्थ्य उपचार, सुरक्षित बसोबास, खानेपानी, खाद्यन्न तथा लत्ता कपडा आदिको व्यवस्था मिलाउन र भत्किएका संरचनाहरुको पुनर्निर्माण गर्न पहल गर्ने जनाइएको छ ।