राष्ट्रपति विद्या भण्डारीले जिल्ला तहमा पनि प्रसूति तथा स्त्री रोग अस्पतालको सेवा विस्तार गर्न सरकारसँग आग्रह गरेकी छन् ।
सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले बजेट खर्च भएपनि त्यस अनुसार जनताले स्वास्थ्य सेवा पाउन सके/नसकेको समिक्षा गर्न पनि सरकारको ध्यानाकर्षण गराईन् । कार्यक्रममा उनले सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको जिम्मेवारी भएको पनि स्पष्ट पारिन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले अस्पतालले जनतालाई पुर्याउँदै आएको सेवा उदाहरणीय रहेको पनि उल्लेख गरिन् ।