सडकमा भारत विरूद्ध नारा लगाउने, भित्रभित्रै सम्झौता गरेर हुन्न : महत


नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले नेपाल/भारतको सम्बन्धको बारेमा सडकमा राजनीति गर्नुको कुनै अर्थ नहुने बताएका छन्।

भारतको ७० स्वतन्त्रता दिवसको शुभकामना दिँदै सोमबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले भने,‘ नेपाल र भारतबीचको सम्बन्ध नौलो होइन, परापूर्वकालदेखिको सम्बन्धमा कुनै पनि बाधा सिर्जना हुनुहुँदैन ।’

सडकमा भारतविरूद्ध नारा लगाएर केही हुन्न समस्या समाधानका लागि वार्तामा बस्नुपर्ने महतले बताए । ‘बाहिर भारतको विरोध गरेजस्तो गर्ने भित्र गएर सम्झौता गर्ने राजनीतिक दलका नेताहरूको प्रवृत्ति छ, त्यो अन्त्य हुनुपर्छ।’

नेता महतले भने,‘आज मधेस तराई डुबेको छ, यो अहिलेको समस्या होईन, नेपालबाट भारततर्फ बग्ने नदीहरुमा बनेका बाँधको बारेमा दुवै देश गम्भीर हुनुपर्छ, गण्डक, लक्ष्मणपुर, तिलाठी, महाकालीजस्ता बाँधहरुले ठूलो जनधनको क्षति भएको छ ।  यसका बारेमा दुई देशको माथिल्लो निकायमा कुटनीतिक तवरले छलफल भएर समस्याको समाधान खोज्नुपर्ने उनले बताए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.