नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालको समग्र विकासका साथ दिन भारत प्रतिबद्ध रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा जाहेर गरेका हुन् ।
कार्यक्रममा उनले नेपालको समृद्धि भारतको एक मात्रै चाहना भएको पनि उल्लेख गरे । यसका साथै, उनले भारत सरकारले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक सबै पहल गर्दै आएको स्मरण गराए । त्यस अवसरमा भारतीय राजदूत पुरीले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘छिमेक पहिलो’ भन्ने परराष्ट्र नीति लिएको र सोही अनुसारको व्यवहार गर्दै आएको दाबी गरे । उनले भारत सरकार सबैलाई साथमा लिएर सबैको विकास गर्ने अभियानमा लागि परेको बताए ।
राजदूत पुरीले नेपालको रेलमार्ग, राजमार्ग लगायतका पूर्वाधार विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।