सिंगो तराई डुबानमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बाढीले तराई डुबानमा परेकै विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषद बैठक बस्दैछ। भारी वर्षाले ल्याएको बाढीसहितका नदी खोलानाला बस्तीतिर पसेपछि तराईका अधिकांश भुभाग डुबानमा परेका छन्।
अहिलेसम्म बाढीमा परेर ४७ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता छन्। त्यसैले डुबानमा परेकालाई उद्दार गर्न र अन्य व्यवस्थापनका लागि मन्त्रिपरिषद् बैठक बसेको हो।