बाढीपहिरो क्षतिबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बाढीपहिरो क्षतिबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै




नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो क्षतिबारे छलफल गर्न आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले देशका अधिकांश स्थानमा आएको बाढी र पहिराका कारण जनधनको क्षति भएकाले पीडितको उद्धार र आवश्यक राहतको प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि आग्रह गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.