राप्रपाका युवा विद्यार्थीको सर्मथन राणालाई!

नयाँ पार्टी घोषणापछिको पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि राप्रपा प्रजातन्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा। तस्बिरः नारायण महर्जन


राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त विज्ञप्ति निकाल्दै आफूहरुको सर्मथन पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)लाई भएको जनाएका छन्।

राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशवाट सामुहिक नेतृत्वको अवधारण अनुरुप भएको सहमतीको विखण्डन सँग सँगै विद्यार्थी र युवा संगठनहरुले पनि आफ्नो मुल धारलाई समर्थन गर्दै आएका हुन् ।

राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशमा भएका कुराहरुलाई गलहत्याई अध्यक्ष कमल थापाले केवल एकलौटी रुपमा हुमुमी शैलीमा लागेको , पार्टी एकताका समयमा भएको भद्र सहमतिहरु पालना नगरेको र नेतृत्वको कारण स्थानिय निकायमा पनि पार्टीलाई ठुलो नोक्सानी पुगेको जनाउँदै आफूहरुले राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जवराको नेतृत्वमा ऐक्यवद्धता जनाएको प्रेस विज्ञप्ती मार्फत वताएका छन् ।

यसका साथै संगठनहरुले देशभरका युवा विद्यार्थीहरु , सम्पूर्ण जिल्ला, क्षेत्र , नगर र गाउँ कार्यसमिति लगायत सम्पूर्ण क्याम्पस इकाई समितिहरुलाई बैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको छवि अनुरुप गोलवद्द भई राप्रपा (प्रजातान्त्रिक)लाई सहयोग गर्न अपिल गरेको राप्रविसं महासचिव राज बस्नेतले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.