जिल्ला समन्वय समिति कालीकोटमा नेकपा (माओवादी केन्द्र) समूह विजयी भएका छन् ।
बिहिबार भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याई विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रेमबहादुर शाहीले छ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताए ।
त्यसैगरी उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी भएका छन् भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख शाही विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । रासस